Sunday, November 29, 2009

कबिता

म तिम्रो लागि खुसी खोज्न जाँदैछु


म तिम्रो लागि खुसी खोज्न जाँदैछु
भीर, पाखाका सिस्नु र काँडासँग
पौठेजोरी खेल्दै
तिम्रोलागि खुसी टिप्न जाँदैछु
म तिम्रोलागि मोती खोज्न जाँदैछु
नुनिलो विषालु पानी र गहिराइमा
संघर्ष गर्दै
तिम्रोलागि हाँसो खोज्न जाँदैछु
म तिम्रोलागि तराजु खोज्न जाँदैछु
घुम्ती, मोड र काँडेतारहरू
नाघ्दै र छिचोल्दै
तिम्रोलागि न्याय खोज्न जाँदैछु
म तिम्रोलागि क्षितिज भेट्न जाँदैछु
बादल, वर्षा, चट्याङ्सँगै
भिड्दै भिड्दै
तिम्रोलागि सपना खोज्न जाँदैछु ।

Khim Prasad Adhikari
Muchchok-5 Gorkha

Saturday, November 28, 2009

कबिता


जनयुद

कति गर्छौ जनयुद्ध प्रचण्ड जनयुद तिमी नेपाली भूमिमा
तेह्र बर्सको यति ठुलो युद्धमा पनि भएन देसमा शान्ति किन ?

त्यति बेला भन्थ्यौ जनतालाई तिमी नेपाललाई स्विजरल्याण्ड बनाउछु
नौ महिना सम्म सरकारमा बसेर पनि केही गरेनौ प्रचण्ड तिमीले किन र?

अहिले सरकार बाट बाहिरिएर जनआनदोलन गर्छौ किन र?
दसौ हजार जनताहरु भने तातो गोली खाएरै मरे

तिमी भने महलमा देश बिदेसको भ्रमण गर्छौ किन र?
किन प्रचण्ड़ तिमी किन र?
योगेन्द्र गिरी
धुपू - १ लेब्रंग
संखुवासभा

प्रेमपत्र

नौडाडा पारिबाट मायालुलाई पत्र
नौडाडा पारिकी निस्ठुरी सं

खै कुन शब्दले संबोधन गरु तिमीलाई अब त दिनहरू पनि धेरै बितिसक्यो
निस्ठुरी प्रेम रोग हो र त्यस रोगको ओखती पनि हो ति खोला नाला, उकाली ओराली
अनि संगम,चौतारी त्यों चौतारीको बर,पीपल पनि बुढो भाईसक्यो होला जस्तै मेरो मनको
धड़कन पनि बिबशताको कारण तिमी र आफनों प्योरो मात्रीभूमिलाई छोडेर आफनों आथिक
अबस्ताका कारण नै आज म मुग्लान तर्फ लाग्न लगे .........................................................
यहाँ पनि धेरै समय भईसक्यो खै के गर्ने यो जिन्दगीका अन्नगिनती मोड्हरुमा तिमी सगै
जीबन जिउने ठुलो धोको थियो.........
आज समत तिम्रै याद र सम्झनामा अनि कल्पनामा दिनहरू बिताईरहेको छू अहिले त तिमी
बसन्त ऋतूको बाताबरणमा रुमालीदै हौली अनि सुनौलो सपनाको श्रृजना गरेकी हौली तर म
छातीमा हात राखेर भन्छु यो हाम्रो अमिट प्रेममा कदापि पनि कसैको खेलबाड नहोस भन्दै
श्री मनकामना सग प्रर्थना गर्दछु ,
बस
उही तिम्रो
योगेन्द्र
संखुवासभा

Friday, November 27, 2009

कबिता


के हो जिन्दगी

आशु मात्र कति बग्छ यो आखाबाट
यो आखा केवल रुनको लागी मात्र पो हो कि ?

हास्नु खोज्यो यो आखाबाट आशु मात्र आउछ
कतै कहिँ मेरो भूल भएर पो हो कि? किन ?

सुख अनि हर्स त केवल छदै छैन यो जिन्दगी
केवल दूखै दुखको लगी मात्र हो की जिन्दगी

सधै बिर्सन खोज्यो खाली सम्झना मात्र आउछ
केबल यो जिन्दगी सम्झनाको लागी मात्र पो हो कि?

केवल मेरो मात्र पनि होइन जिन्दगी अरु सबैको उस्तै उस्तै पो हो कि?
यो जिन्दगी दूइ खोलाको पनि भएर पो हो कि किन ?

योगेन्द्र गिरी,संघश,
धुपू-१ लेब्रंग
संखुवासभा खाँदबारी नेपाल

Thursday, November 26, 2009

मुतक



बिछोड हाम्रो तेस बेला हुन्छ
जब मेरो लॉस चिसो भूइको सिरानेमा हुन्छ
मिलन कहनी तेस बेला हुन्छ
जब मेरो लॉस अग्निमा जलेर जान्छ .......
सन्तोष रसाइली
फाकतेप - २
पाचथर - नेपाल
हाल- मलयेशिया
ईमेल- roj.santosh@yahoo.com

गजल


सगै बस्ने सगै मर्ने कसम खाको कुरा
अहीले किन बोलचौ रे नवाको कुरा
घाना जंगलमा घास खोज्दाको कुरा
सवा खोलामा पौडी खेल्दाको कुरा
खान्दबरी बाजारमा गर्दाको कुरा
एकादसीमा हात समाई घुम्दाको कुरा
गहेरि खेतमा रोदी गौदाको कुरा
मनाकाना बजारमा सुन्तला खाको कुरा
अरुण नदी सगै-सगै तर्दाको कुरा
सवा पोखरीमा लुकामारी गर्दाको कुरा
सिदकाली लाई साची राखदाको कुरा
सगै बस्ने सगै मर्ने कसम खाको कुरा
योगेन्द्र

कबिता


माया त बस्यो
माया त बसों फेरी छुटनु
पर्दों होला किन ?
केही दिन टाडा हुदैमा
आसु झर्दो होला किन ?
चोखो माया लाऐ पनि
टाडा हदों होला किन ?
उनी लाई सम्झि यो मन
रुन्छ होला किन ?
तिम्रो समझानाले तड्पी-तड्पी मार्ने
मलाई किन ?
सुखा यी नयन हरुमा साउने
झरी चल्छ किन ?
यो मन सारइ खुसी छ
सपनीमा आइ दिदा किन ?
फेरी यो मन रोंए दिन्छ बिपनिमा
नआइ दिदा किन

कबिता


नेपाल आमाका बिर सुपुत्र छोरालाई
बिर योद्धाको सम्मान छ तिमीलाई

स्वधिनताको शिर उच्च बनाई
आफनो ज्यानको बलि चढाई


सहिद सलाम छ तिमीलाई
तिम्रै रगतले बनेका छन खोला ,झरना र तालहरु


तिम्रै पौरखले बनेका छन् उच्च हिमालहरु
तिम्रै स्वाशप्रस्वाशमा आज मैले सास फ़ेर्न पाएको छू

अनि स्वधिन नेपाली भई बाच्न पाएको छु
तिम्रै माम्सपेशीबाट बनेका छन् खेतबारी

त्यहि बाट उब्जाउछु अन्न र बाली
पूर्व मेची देखि महाकाली सम्म कोरीएका छन् रेखाकंन

तिम्रै रगतको साहाश र परिचानले गर्दा
सु- मधुर एकताको साइनो फैलीरहोस

लहरा,पहरा सबै तिर फ़ुलैफुल फुलीरहोस
झुक्ने छैन्न चन्द्र, सूर्य झण्डा नेपाल र नेपालीहरु रहे सम्म

यो देश नेपाल बीर सहिदहरुले बनेको छ
यो हाम्रो देश बीर योद्धाहरुले बनेको छ

लाल सलाम छ बिर सहिद तिमीलाई

गीत

हेरू भने हे कान्छी डाडैले छेकिन्छ
नहेरु म त हे कान्छी मनैमा लेखिन्छ
मेरो सानो गाऊ
प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ

बिहानीको मिर्मिरे मै सगरमाथा हाँस्यो
हरियाली हुदा खेरी डाफे चरी नाच्यों
मेरो सानो गाऊ
प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ

अरुण नदी मनकामना हेर्थ्यो घरी-घरी
धेरै राम्रो हुन्थ्यो बर्षा हुदा खेरी
मेरो सानो गाऊ
प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ

पारी बनमा कोर्इली चरी बिरहको भाका गाउदा खेरी
गयौ मेरो सानु माया मलाई एकलै पर्दा खेरी
मेरो सानो गाऊ
प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ
लाग्छ फर्कि जाऊ

गजल

खै के भनौ यो सन्सार लाई
प्राकितिको रितु नै एस्तै रहेछ

खै के भनौ यो पागल प्रेमि मायालुलाई
इशोरको बरदान नै प्रेममा धोका रहेछ

खै के भनि सम्झाउ तिमीलाई
तिम्रो त केवल धोका दिने बानी पो रहेछ

खै के गरी भुलौ तिमीलाई
मैले तिमीलाई प्रेम गर्नु नै मेरो भुल रहेछ

- सन्तोष रसाइली
फाकतेप - २
पांचथर - नेपाल
हाल - मलेशिया
इमेल - roj.santosh@ya

गीति गजल

माफ़ गरीदिनु बहिनी मलाई
यो तिहारमा आउन सकिन

यसपालिको तिहारमा पनि तिम्रो
हातको भाईटीका लाउन सकिन

यो तिहारमा आउछु भनि आस्वासन त दिएको थिए
दिन ,रात काममा ब्यस्त छु छुटी पाउन सकिन


संगालेर राखी हौली सयपत्री र मखमली फुलको माला
मादल अनि बासुरी देउसी भैलो गाउन सकिन

धेरै खुसी थीए हाम्रा बिगतका तिहारहरू
यसपलिको तिहारमा पनि खुसी बनी आउन सकिन

नखसाउनु आशु ,बहिनी नदुखाउनु मन
खुसी बिनाको जिन्दगीमा पुगेर नि रमाउन सकिन

यो निधारमा जन्मदा नै गरीबको रेखा कोरीएको रहेछ
सुख पाउन सकिन

Wednesday, November 25, 2009

कबिता

अधुरै रहन गयो

उकाली र ओराली अनि
डाडा र सीतल चौतारीहरुमा

तिमी आउने बाटो हेर्दै कुर्दै बसी रहे
बिबसताले सताएरै भए पनि

सुन्दर सपना अनि मिठो कल्पना संगालि
तिम्रो आगमनको दल-दल भित्र फसे

रंगी चंगी फूलबारीमा फूलहरुलाई गन्न सकिन
बिर्सी जाने निष्ठुरीलाई केहि पनि भन्न सकिन

सुभकामना छ निर्मोही तिमीलाई यति ठुलो
संसार किन आज बिरानो भयो

तिमिसगको मनको धोको आधुरे रहन गयो
मुटुभरिको न्यनो माया छ

छाडी जाने निस्ठुरी तिमीलाई

गीति गजल

चारैतिर तिमीलाई खोजे तिम्रो माया पाउन सकिन कतै
मलाई एक्लै छोड़ी पराइसग भुल्दै छौकि कतै

सोचेको थिइन तिमीले मलाई धोका दिन्छौ भनेर
भुल भएछ तिमिसग माया गास्न नि कतै

मसगको प्रेममा के खोट थियो र छाडी गयौ
मलाई पागल सरी भनएर तिमीले महल पो पायौ कि कतै

संघश गरी यो स्वाथी दुनियामा एक्लै जिउने कोशिष गरिरहेको छु
मलाई जस्तै अरु कसैलाई पनि प्रेमको नाटक पो गर्दै छौकि कतै

कविता

प्रबासी भूमिबाट प्रियसीलाई पत्र

हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी
यो प्रबासी भूमिबाट आज म तिमीलाई

यो पत्र कोर्दै छु
सन्चै छौकि बिसन्चो छ तिमीलाई

दिन रात तिम्रै यादम तडपीदै छु
के छ गाउ घर तिरको नया खबरहरु

के छ तल्ला घरे कान्छी को हालचाल
बिहे भयो रे भन्ने सुन्दै छु आज

के छ छोराहरुको पढाई
स्कुल जादै छन् कि आन्दोलनमा होमीदै छन्

के छ बाबा - आमाको खबर
सन्चै छन् कि बिसन्चो छ बाबा-आमालाई

के कस्तो छ यो बर्षको खेतीपाती
असिना पानीले सबै उडायो रे भन्ने सुन्दै छु

यो बर्ष पनि फर्की आउन पाइन प्रियसी
मेला पात गर्दै गर्नु प्रियसी तिमीले
अर्को बर्ष अबस्य पनि फर्की अउने छु प्रियसी

कबिता


अधेरीमै आउनु तिमी
उजाड मेरो जिन्दगीमा हरियाली बसन्त बनि आउनु तिमी
सुनौलो बिहानीमा भेट नहोला अधेरी रातमा नै आउनु तिमि

बिपनीमा तिमीलाई भेट्न सकिन सपनीमै आउनु तिमी
जिबनी भरी सगै बाच्ने,सगै मर्ने बाचा कसम खायौ किन ?

सधै यहि बाचा कसमलाई सम्झनामा राखनु तिमी
यो मेरो चोखो मायालाई धोका दिएर कतै नजानु तिमी

मेरो सम्झना आउदा तस्बिर हेरी मन बुझाउनु तिमी
मेरो हरेक पाइलाहरुमा तिम्रो सफलताको खाचो छ
संगम चौतारी अनि देउरालीमा बिताएकाकुराहरुलाई फर्केर नहेर्नु तिमी

कबिता


सानु
तिमी बिनाको यो संसार नै सुन्य लाग्छ सानु
यो मेरो आखा वरिपरी तिम्रै तिस्बिर देख्छु सानु

तिम्रो मुहारको कल्पना गर्न सक्तिन सानु
कोइलिको जस्तो सुमधुर तिम्रो भाकालाई

भुल्न सक्तिन सानु
यो मेरो कान भित्र सधै तिम्रै सुमधुर

गीतहरु गुन्जिंछ सानु
स्वदेश बाट भाए पनि के छ खबर

भनि बोलाई दिनु सानु
तिमी बिनाको यो जिबन अन्धकार लाग्छ सानु

छाती भित्र तिम्रो मायालाई झिकी लैजाउ सानु
छोड़ी जाने निस्ठुरीको यति धेरै सम्झना आउछ किन ? सानु

गीति कविता


गन्तव्यबिहिन जीवनको यात्रा

कोर्दा कोर्दै सकिने भयो जिन्दगीका पानाहरू
हेर्दा हेर्दै सकिने भयो मनका सबै चाहनाहरू

मुना-मदनकै कथा भयो मिलनका सारा पर्खाइहरू
तडपिरहयो मन बल्झिरयो बिछोडका कथाहरू

कुर्दा कुर्दै सकिने भयो परिश्रमका मीठा पलहरू
प्रचण्ड गर्मीको उराठ लाग्दो मरुभूमिमा जिउदै

घायल जिन्दगीको अमिट यात्राहरूअझै
अघि अघि बढदै छ गन्तव्यबिहिन
जीवनका यी मेरा पाइलाहरू