Thursday, November 26, 2009

गीति गजल

माफ़ गरीदिनु बहिनी मलाई
यो तिहारमा आउन सकिन

यसपालिको तिहारमा पनि तिम्रो
हातको भाईटीका लाउन सकिन

यो तिहारमा आउछु भनि आस्वासन त दिएको थिए
दिन ,रात काममा ब्यस्त छु छुटी पाउन सकिन


संगालेर राखी हौली सयपत्री र मखमली फुलको माला
मादल अनि बासुरी देउसी भैलो गाउन सकिन

धेरै खुसी थीए हाम्रा बिगतका तिहारहरू
यसपलिको तिहारमा पनि खुसी बनी आउन सकिन

नखसाउनु आशु ,बहिनी नदुखाउनु मन
खुसी बिनाको जिन्दगीमा पुगेर नि रमाउन सकिन

यो निधारमा जन्मदा नै गरीबको रेखा कोरीएको रहेछ
सुख पाउन सकिन

No comments:

Post a Comment