मेरा सपनाहरुमा
Monday, April 26, 2010
कविता
अभिलाषा
आयुष चौधरी सम्मोहन
रझेना ५ कृष्णनगर बाँके
सेताम्य हिँउ बोकेका पहाडहरु
देख्ने अभिलाषमा
रमाईरहेका मेरा सपनाहरु
रातको अन्त्यसँगै
बिलाएकाछन् उज्यालोहरुमा
तर म किंचित पनि डगमगाएको छैन
सपना देख्नकालागी हुन्छन्
उज्यालो सपना तोड्नकालागी हुन्छन्
सपना चिस्सिएर चरचरती फुटेपिन
फेरी रातको प्रतिक्षामा
जोडिने अभिलाषामा
थालेकोछु लामो अथक यात्रा हिमयुगतिरको ।
यात्रा लामो छ कठिन पिन
पर्न सक्छन् मुसलधारे वर्षा अबरोध बिना
चिरा फाट्न सक्छन् बाटाहरुमा
बिस्फोट हुन सक्छन् ज्वालामुखी लाभाहरुमा
चिन्न नसकी आफ्नै अस्मिता
बेराउन सक्छन् बेडी र जन्जिर शरिरमा
आँशु भेलको यो सामुन्द्रीक यात्रा
तर पनि म तय गर्दैछु
ति सेताम्य हिँउ बोकेका पहाडहरु देख्ने अभिलाषामा ॥
--
साहित्य समाजको दर्पण हो सके साहित्य सृजना गरौ नसके साहित्यको सम्मान गरौं ....
Sunday, April 18, 2010
कबिता
जिबनको यात्रा
जीबन एउटा यात्रा हो
यो यात्रा हामीले पूरा गर्ने पर्छ
मूत्यु एक केंद्र बिन्दु हो
त्यहासम्म हामी पुग्नै पर्छ
साथीभाई इस्त्रमित्र यात्रा कटाउने
साधन हुन
यिनिहरुको उपयोग गर्ने पर्छ
श्रीमती चाही एक सहयात्री हुन
जिबनको उतर चढापमा
यिनको साथ पाउनै पर्छ
मूत्यु चाही एक असल मित्र हो
अत्यमा त्यसलाई पाउनै पर्छ
योगेन्द्र .बगर.जोगी
संखुवासभा
Monday, April 12, 2010
शुभकामना नयाँ बर्षको
शुभकामना छ नयाँ बर्षको सम्पुर्ण नेपालीहरुमा,
सु-स्वास्थ्य,दिर्घायु अनि उत्तरोत्तर प्रगतिको कामना।
बिगत बर्ष जस्तो बिते नि यो बर्ष सुखद रहोस्,
सुख-दुख पर्याबाची भएनी सुखको सँधै जित होस।
हत्या,हिंसा,आतंक आदि सँधैका लागे भागीजाओस्,
देशमा केहि गर्नेहरु सधै ढुक्कसँग कर्म गर्न पाओस्।
सिमा झगडा समाप्त भैइ नेपाल कै पक्षमा जित होस्,
नेपालीहरु जिउन सकुँन स्वतन्त्र जिबन निसंकोच।
हिमाल,पहाड,तराईको सर्बपक्षिय समान बिकाश होस्,
नेपालीहरुमा देश बनाउँन थपियोस नयाँ जागर जोश्।
यो बर्षदेखि नेताहरुको घैटोमा बिकाशको घाम लागोस्,
नेताहरुको सुतेको दिमाख यो बर्ष सुध्रेर जागोस्।
दलहरुको इमान्दारीतामा जटिल राजनितिले अलबिदा भनोस्
जनताहरुको सकृयतामा सबैको हितमा संबिधान बनोस्।
आशा गरौ नयाँ बर्षले पक्कै नयाँ आयाम गर्नेछ ,
देशको भाडभैलो समाप्त गरि शान्तिको ज्वति छर्नेछ।
सफलता नै सफलता मिलोस् यहिँ नै हाम्रो चाहना,
यहि नै छ सबैलाई नयाँ बर्ष २०६७ सालको सुभकामना!!!
--------------------------------------------------------------------------------
कमल कार्की - बुटवल,मुर्गिया
हाल:-दोहा,कतार
kamalkarki22@yahoo.com
Thursday, April 8, 2010
नया बर्षको सुभकामना
नयाँ सालको शुभकामना
जताततै छायोरे बसन्तको हरियाली
आउनु नेपाली माझ बाँड़दै खुसियाली
देउ हे पशुपतिनाथ शान्ति सबैको मनमा
हत्या हिम्सा रोकी आऊ नयाँ साल तिमि नेपाली माझमा
बन्द हडतालले बन्दैन देशमा बिकाश
खोजेर आऊ नयाँ साल तिमि यसको बैकल्पिक निकाश
मायाँ ममता ,स्नेह अनि भाइचारा बड़दै जानु नेपाली मनमा
सुख शान्ति छाई रहोस नेपाली जनमा
सगरमाथा हिमाल जस्तै स्वच्छ पबित्र रहोस सबैको भावना
यहीं छ मेरो नयाँ सालको हार्दिक मंगलमय शुभकामना
अम्बिका लिम्बु ''आशिष ''
हाँगुम-१ सिरान टोल पाँचथर
E-mail lovlyaashish@yahoo.com
आउनु नेपाली माझ बाँड़दै खुसियाली
देउ हे पशुपतिनाथ शान्ति सबैको मनमा
हत्या हिम्सा रोकी आऊ नयाँ साल तिमि नेपाली माझमा
बन्द हडतालले बन्दैन देशमा बिकाश
खोजेर आऊ नयाँ साल तिमि यसको बैकल्पिक निकाश
मायाँ ममता ,स्नेह अनि भाइचारा बड़दै जानु नेपाली मनमा
सुख शान्ति छाई रहोस नेपाली जनमा
सगरमाथा हिमाल जस्तै स्वच्छ पबित्र रहोस सबैको भावना
यहीं छ मेरो नयाँ सालको हार्दिक मंगलमय शुभकामना
अम्बिका लिम्बु ''आशिष ''
हाँगुम-१ सिरान टोल पाँचथर
E-mail lovlyaashish@yahoo.com
Saturday, April 3, 2010
कविता
प्रकृतिले दिएको सुन्दर फूल हो जिन्दगी
प्रकृतिले दिएको सुन्दर फूल हो जिन्दगी
कोपिलामै झर्न नपरोस्।
मन्द रुपमा बास्ना छर्दै जोबन फकृयोस्,
फकृयको जोबन सधै अनमोल बनोस्।
कसैका लागि पनि यो सुन्दर फूलरुपी जीवन,
गन्हाउने झार जस्तो बन्न नपरोस् ।
गुलाब जस्तो सर्बप्रिय बन्न म सकु,
प्रेम र मधुर सम्बन्धको सन्देश बोकेको।
न आइदियोस् मेरो जीवनमा त्यस्तो दिन,
कुकर्मले मेरो सिर कसैको आगाडि झुकेको।
फूल्छ,फकृन्छ र झर्छ यो सुन्दर फूलरुपी जीबन,
तर,नझर्दै म कसैको काम आउन सकु।
यही इच्छा मनमा राखी देशकै नाम म जपु,
देशको बिकास गर्नमा केहि योगदान म थपु।
कमल कार्की - बुटवल (मुर्गिया) (दोहा,कतार)
kamalkarki22@yahoo.com
Wednesday, March 31, 2010
कविता,
नर्ष आऊ तिमी
नयावर्ष आऊ
तिमी हर्स , ऊल्लास र उमंग
बोकेर आऊ नयावर्ष तिमी
जोस जागर र चेतनाको लहर
बोकेर आऊ नयावर्ष तिमी
नैतिकता ,इमान्दारिता र अनुसाशनको
मार्ग निर्देशन गर्दै आऊ नयावर्ष तिमी
ज्ञान , सिप र अज्ञानतालाई हटाएर
आऊ नयावर्ष तिमी
बिकृति र विसंगति हटाएर आऊ
अनि गरिबी र अशिक्षाको दीपलाई हटाएर
शिक्षाको दिप बाल्दै आऊ नयावर्ष तिमी
बैदेसिक नक्कल लिएर होइन नयावर्ष
नेपालकै दौरासुरुवाल पैरना लगाएर
आऊ नयावर्ष तिमी
हत्या र हिम्सा लिएर होइन नयावर्ष
शान्तिको संदेश बोकेर आऊ नयावर्ष तिमी
लाखौ लाख सुभकामना छ नयावर्ष २०६७ तिमीलाई
योगेन्द्र जोगी ,संघश;
धुपू-१ लेब्रंग
एकान्त बस्ती
संखुवासभा याव
Sunday, March 28, 2010
कविता
निस्ठुरीको यादमा
कैयौ यादहरु बितीगए सानु तिम्रो यादमा
कैयौ यादले सताईरहे सानु सुनसान रातमा
मेरो सानु लाई सम्झिरहे मेरी सानुको यादमा
ठान्थे पराइ सानु आफन्त सम्झी पछुताउदा
यो मुटुमा रोग लाग्यो लडें सानु बिस्वसघतामा
मेरो सानु लाई सम्झिरहे मेरी सानुको यादमा
पागल दिनहरु गुजारीरहेछु सानु निस्ठुरीको यादमा
सम्झनाले सताईरहन्छ सानु यो दु.खी कर्ममा
मेरो सानु लाई सम्झिरहे मेरी सानुको यादमा
संघश, धुपू-१ लेब्रंग
संखुवासभा
Monday, March 8, 2010
संबिधान लेखनकै बिसयमा दलहरुबिच मतभेद
योगेन्द्र जागी ‘संघर्ष’
०५२ सालदेखि ०६३ साल सम्मको दौरानमा नराम्रोसंग आन्तरिक द्वन्दको भुमरीमा फसेको नेपाल वृहत शान्ति संझौता ०६३ , ऐतिहाँसिक संविधानसभा निर्वाचन ०६३/०६४ हुँदै मुलुकको एउटा मुल कानुन नयाँ संविधान लेख्ने मोडमा आइपुगेको छ भने नेपाल पूर्ण रुपमा गणतन्त्रमय भइसकेको पनि करिव २ बर्ष हुन थालिसक्यो । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउने र नयाँ नेपालको नयाँ संविधान लेख्ने जिम्मेमवारी बोकेका बिभिन्न राजनितिक दलहरु सहमतिको राजनितीदेखि चुक्दै आज आ-आफूमा नै मतभेतको सृजना गर्नुका कारण नया संबिधान लेखन कार्यमा ढिलाई भइरहेको छ । नयाँ संविधान लेखनको यो महत्वपूर्ण घडि र शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु-याई तोकिएकै समयमा संबिधान निर्माण गर्ने र नेपाललाई
अग्रगामी सुधार कार्यहरु अगाडि बढाउने घडिको रुपमा संवेदनशिल रहनुपर्ने वर्तमान सरकार मुलुकलाई सरकार विहिनको अवस्थामा पु-याइरहेको छ । दिन दहाडै बीच सडकमा हत्या, अपहरण, चोरी डकैटी जस्ता अपराधिक कार्यहरुले गतिले लिइरहेका छन् । पुलिस प्रशासन अपराधिक कार्यमा आफु आफु नै संलग्न हुन थालेका छन भने संलग्न अपराधीहरुपनि कारवहिको दायरामा ल्याउन नसकिरहेको अवस्था छ ।
अर्को तिर १० बर्ष जनयुद्ध संचालन गरेको ऐतिहाँसिक संविधान सभाको निर्वाचनमा सबै भन्दा ठूलो दलको रुपमा स्थापित एकिकृत नेकपा माओवादीलाई नै सरकारको नेतृत्व गरी संबिधान निर्माण गर्ने जनम्यान्डेट भएतापनि राजनितिक दलहरुबीचको हानथाप र कुर्चिको खेलले नै देशी विदेशी शक्तिको आडमा सरकार वनाउने र ढाल्ने खेलमा तिब्र मलजल भइनै रह्यो भने नयाँ संविधान निर्माण कार्यलाई ओझेलमा पारिएको छ । आज राजनितिक दलहरुले देश विकाशको मेरुदण्डको रुपमा रहेका युवा पिढीहरुलाई स्वदेशमै रोजगोरीको अवसरहरु पैदा गरी विदेश पलायन हुनबाट रोक्नुपर्ने आवश्यकतालाई छेउ राखी त्यसको विपरित राजनितिक अस्थिरता र विसंगतिहरुलाई वढावा दिंदै विदेशिन प्रोत्साहित गरिरहेका छन् भने बचेकुचेका युवाहरुलाई पनि विभिन्न वर्गिय दस्ताहरु खोल्ने होडबाजी गर्दै विकाशशील कार्यमा संग्लग्न गराउनुको साटो अपराधिक कार्यहरुमा क्रायिशील गराइरहेका छन् ।
हामी देखि रहेका छौ मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने तथा देशबासीहरुको सुरक्षार्थ तथा आधारभुत आवश्यकताहरु पुरा गराउने ठेक्का लिनुपर्ने नेपाल सरकार र त्यसका सरकार प्रमुखको आसिन प्रधानमन्त्री माधव ले देशमा पुन: द्वन्द निम्ताउने कुचेष्टा स्वरुप ४० प्रतिशत नेपालीहरुको मतले सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा माओवादीलाई लिट्टे वनाउछु भन्दै कुर्लिइरहेका छन । भने सरकारका मन्त्रिहरु मुलुकको ढुचुटीमा दाई गर्दै बिदेश भ्रमणमा जानमा नै ब्यास्त छन ।
नयाँ संविधान जारीहुने मिति आगामी जेठ १४ गते नया संबिधान निर्माण भएन भने हाम्रो देश नै ठुलो संकटको भुमरिमा पर्न सक्छ नागिरक समाज, संचार जगत, तथा हामी देश विदेशमा रहेका युवावर्गहरु मिलेर चारैतिरबाट दवावहरु सृजना गर्नु अहिलेको आवश्यकता देखिएको छ भने राजनितिक दलहरुले पनि पार्टीगत स्वार्थ भन्दा माथि उठी राष्ट्रिय स्वार्थमा नेपाली जनताको चाहना वमोजिम नयाँ संविधान तोकिएकै समयमा जारी गर्नको निम्ति घन्तिएका आवाजहरु सुनिदिएको खण्डमा समयमै नेपालको नया संबिधान निर्माण गर्न सकिन्छ त्यसैले नेपालको नया संबिधान निर्माण गर्नमा सबै सजग रहनु अपरिहार्य छ ।
yogen.reporter@yahoo.com
Thursday, February 4, 2010
Saturday, January 16, 2010
कबित,
देश पेर्मी नेताहरुलाई मेरो आग्रह
देश पेर्मी नेताहरु देशको बिकाश गर्न झुक्नु हुन्न
बिभिन्न राजनितिक दलहरुका पर्तिनिधी हरुले
उठाएको मागहरुलाई मुल्याकन गर्न भुल्नु हुन्न
बुद्धको देशमा आज किन हत्या हिंसा बर्दैछ
पृथ्वीनारायणले गरेको नेपाल एकीकरण आज
किन ओझेल पर्दैछ
भीमसेन, बलभद्र , भक्ति अनि अमरले जोगाएको नेपालमा
आज किन आन्दोलन चरकिदैछ
आज सहिदहरुको तातो रगतले के भनिरहेको छ नेताहारु
चाडै नै नया संबिधान निर्मार्ण गर्न हामी पछि पर्नु हुन्न
अब सबै नेताहरु अनि जनताहरु मिली नया संबिधान निर्मार्ण
गर्ने बेला आएको छ देश पेर्मी नेताहरु
योगेन्द्र जोगी ,संघश,
धुपू-१ लेब्रांग
संखुवासभा
कोशी- नेपाल
नेपालको नया संबिधान निर्मार्णको लागी साहित्य कबिता आन्दोलन
Saturday, January 9, 2010
कबिता
प्योरो खादबारी बजार
चारै तिरबाट डाडा काडा हरियाली
बिचमा खादबारी बजार
रमणिय बजार हेर्न धाउछन लेकका
युबा युवती लाखौ हजार
त्यहाँ पुग्दा हजुर सारा दु;ख बिसाउने
मनकामनाको मन्दिर हरियो बन
सयपत्री र मखमली फूलले चोरी
लान्छ सबको मन हजुर
झ्याउरे लोक दोहोरि बाजाले
घनकिन्छ बजार
पेर्मी पेर्मिकको एकादसीमा लाखौ हजार
मनकामना मेला हेर्न उस्तै धाउछन् हजार
सधै भरी सम्झिर्हंछ मेरो
प्योरो खादबारी बजार
योगेन्द्र जोगी ,संघश,
धुपू-१ लेब्रांग
संखुवासभा कोशी- नेपाल
email- yogendra.yogen@yahoo.com
गजल
कती बस्छौ मूलबाटो हेरेर
मनको इच्छा मनभित्रै राखेर
डगमगाउनु नदिनु माया राख है साँचेर
धरोधर्म धांटदिन म आउदैछु तिन साल काटेर
बिदेश जानु रहर होइन बाध्यता थियो ऋणले थिचेर
संघर्सको मैदानमा लर्डदाईछु पानीको सट्टा पसिना पिएर
बिगतलाई बिर्सी सुनौलो भबिस्यको परिकल्पना लिएर
चांडै नै औदाईछु तिमीलाई भेट्न बिदेश छोडेर
अम्बिका लिम्बु''आशीष ''
हाँगुम-एक सिरान टोल
पाँचथर हाल नीलाई मलेसिया
फोन नं0172865853
मनको इच्छा मनभित्रै राखेर
डगमगाउनु नदिनु माया राख है साँचेर
धरोधर्म धांटदिन म आउदैछु तिन साल काटेर
बिदेश जानु रहर होइन बाध्यता थियो ऋणले थिचेर
संघर्सको मैदानमा लर्डदाईछु पानीको सट्टा पसिना पिएर
बिगतलाई बिर्सी सुनौलो भबिस्यको परिकल्पना लिएर
चांडै नै औदाईछु तिमीलाई भेट्न बिदेश छोडेर
अम्बिका लिम्बु''आशीष ''
हाँगुम-एक सिरान टोल
पाँचथर हाल नीलाई मलेसिया
फोन नं0172865853
Sunday, December 27, 2009
कबिता
Friday, December 25, 2009
Thursday, December 24, 2009
शुभकामना
Wednesday, December 23, 2009
कबिता
Friday, December 18, 2009
"रुदै छौ कि"
धनै ठुलो रैछ भनी पस्यौ मुग्लान रहर बोकी
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
सुन्ने गर्छु बिदेश मा चेलीहरु लुटिन्छन् रे
आफ्नै बुद्धी भ्रस्ट भइ पैसामा नि भुटिन्छन रे
कतै तिमी बिदेशी को फन्दामा पोपर्ने होकी
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
पैसा ठुलो हैन सानु इज्ज्त कोनि ख्याल गरे
धोत्रो शरीर,पिडा लुकाइ नफर्केनि हुन्छ भरे
लोभै-लोभ मा पर्दा कतै आफ्नैरुप बेच्ने हो कि
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
सपना धेरै नसजाउनु लालच धेरैगर्छौ अरे
छुट्टीको दिन कुन्नी कता पार्टटाईम गर्न जान्छौ अरे
सम्झनु नि त्यो छोरा को तोते बोली एक्लै भोकी
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
चहिन्न भो बिदेशी धन पुग्छ एतै दु:ख गरे
फर्की आउ सानु तिमी सुन्छु धेरै दु:ख छ रे
अरु जस्तै तिम्ले पनि आफ्नै धड्कन् छोड्ने हो कि
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
गोविन्द अधिकारी
हाल;दोहा कतार
ईमेल-dukhi_gk@yahoo.com
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
सुन्ने गर्छु बिदेश मा चेलीहरु लुटिन्छन् रे
आफ्नै बुद्धी भ्रस्ट भइ पैसामा नि भुटिन्छन रे
कतै तिमी बिदेशी को फन्दामा पोपर्ने होकी
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
पैसा ठुलो हैन सानु इज्ज्त कोनि ख्याल गरे
धोत्रो शरीर,पिडा लुकाइ नफर्केनि हुन्छ भरे
लोभै-लोभ मा पर्दा कतै आफ्नैरुप बेच्ने हो कि
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
सपना धेरै नसजाउनु लालच धेरैगर्छौ अरे
छुट्टीको दिन कुन्नी कता पार्टटाईम गर्न जान्छौ अरे
सम्झनु नि त्यो छोरा को तोते बोली एक्लै भोकी
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
चहिन्न भो बिदेशी धन पुग्छ एतै दु:ख गरे
फर्की आउ सानु तिमी सुन्छु धेरै दु:ख छ रे
अरु जस्तै तिम्ले पनि आफ्नै धड्कन् छोड्ने हो कि
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
गोविन्द अधिकारी
हाल;दोहा कतार
ईमेल-dukhi_gk@yahoo.com
गजल
लेख भयो
उसको लागि मन बहलाउने लेख भयो गजल
मेरो लागि जिउ ज्यान गल्ने दोख भयो गजल
खुशी मिल्यो होला शायद मनको पिडा पोखे भन्दै
दोबाटोमै छुट्याउने अधुरो प्रित भयो गजल
सम्झु भने खै कहाँ भित्र-भित्रै दुख्छ किन
ऐना सरी सपना तोड्ने रित भयो गजल
आफ्नो भन्नु केही छैन रैछ सबै पराइकै
मैले हार्दा खुशी उसलाई जित भयो गजल
गोविन्द अधिकारी "भाबुक"
डराउने पोखरी,9, दाप्चा काभ्रे
हाल; कतार
Subscribe to:
Posts (Atom)