Sunday, December 27, 2009

कबिता


दु;ख होस वा सुख होस
प्रदेशमा भएपछि राम्रै छु भन्नै पर्ने
घरको याद आएर के गर्ने
अर्को साल आउछु भन्नै पर्ने

प्रेम बहादुर थापा
तंग्राम-३ पैरानी डाडा
बाग्लुंग-नेपाल
हाल-मलेसिया
email- prem.manrupa@yahoo.com

Thursday, December 24, 2009

शुभकामना


सबैलाई नया बर्षको २०१० शुभकामना

विहानीको झुल्के घाम झैं
नुतन उमंग छरीरहनु तिमी
सिंढी अझै चढ्नु छ धेरै
हरपल सफलता पाईरहनु तिमी

योगेन्द्र

Wednesday, December 23, 2009

कबिता


तिमीले मेरो फोटोहरु नराखे पनि
तिमीलाई मैले आखाको नानिमा

राखेको छू
तिमीले मलाई एकपल सता

नदीए पनि
तिमीलाई मैले सयौ जन्म सम

कुर्ने बाचा कसम खाएको छू
तिमीले मेरो मायाको सागरलाई

ननापे पनि
मैले त्यों तिम्रो मायाको सागर लाई
नापि सकेको छू

योगेन्द्र ;संघस;

Friday, December 18, 2009

"रुदै छौ कि"

धनै ठुलो रैछ भनी पस्यौ मुग्लान रहर बोकी
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।

सुन्ने गर्छु बिदेश मा चेलीहरु लुटिन्छन् रे
आफ्नै बुद्धी भ्रस्ट भइ पैसामा नि भुटिन्छन रे
कतै तिमी बिदेशी को फन्दामा पोपर्ने होकी
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
पैसा ठुलो हैन सानु इज्ज्त कोनि ख्याल गरे
धोत्रो शरीर,पिडा लुकाइ नफर्केनि हुन्छ भरे
लोभै-लोभ मा पर्दा कतै आफ्नैरुप बेच्ने हो कि
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
सपना धेरै नसजाउनु लालच धेरैगर्छौ अरे
छुट्टीको दिन कुन्नी कता पार्टटाईम गर्न जान्छौ अरे
सम्झनु नि त्यो छोरा को तोते बोली एक्लै भोकी
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।

चहिन्न भो बिदेशी धन पुग्छ एतै दु:ख गरे
फर्की आउ सानु तिमी सुन्छु धेरै दु:ख छ रे
अरु जस्तै तिम्ले पनि आफ्नै धड्कन् छोड्ने हो कि
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
गोविन्द अधिकारी
हाल;दोहा कतार
ईमेल-dukhi_gk@yahoo.com

गजल


लेख भयो

उसको लागि मन बहलाउने लेख भयो गजल
मेरो लागि जिउ ज्यान गल्ने दोख भयो गजल

खुशी मिल्यो होला शायद मनको पिडा पोखे भन्दै
दोबाटोमै छुट्याउने अधुरो प्रित भयो गजल

सम्झु भने खै कहाँ भित्र-भित्रै दुख्छ किन
ऐना सरी सपना तोड्ने रित भयो गजल

आफ्नो भन्नु केही छैन रैछ सबै पराइकै
मैले हार्दा खुशी उसलाई जित भयो गजल

गोविन्द अधिकारी "भाबुक"
डराउने पोखरी,9, दाप्चा काभ्रे
हाल; कतार

कविता



सप्तरंगी सिन्दुर तिम्रो सिउदोमा
सजाइ दिउला

मुस्कुराउदै तिमी भित्र मेरो दिल
सजाइ दिउला

तिमीले आशु झार्दा खेरी
मेरो पनि आशु झछ

तिम्रो न्यानो काखमा आफै नै रमाइ दिउला
नगए मलाई छोडी यो स्वाथी दुनियामा

कहिले सुख ,कहिले दुख भाग्यको खेल होरे
कति बस्नु यो चौतारीमा डाडा पाखा
घुमाइ दिउला

बाद्यताले बस्नु पर्दा खेरी

Friday, December 11, 2009

कविता


तिम्रै तस्बिर

तिम्रै तस्बिर सधै सधै हेरिरहे
तिम्रो सामु पर्दा सधै सधै टोलाइ रहे

मनमा सधै तिम्रै सपनाका महलहरु सजाइ रहे
सधै तिमी म बाट टाडा गयौ किन ?

नयनभरी तिम्रै तस्बिर सजाइ हरे
हुरी बताशा आधीबेहेरी जे जस्तो आए पनि

तिमीले दिएको आशुको उपहारलाई
सधै मैले मेरो दिलमा सजाइ रहे

धेरै माया अनि सम्झना छ तिमीलाई
मलाई धोका दिएर गएता पनि

तिम्रै तस्बिर आज हेरी रहे, हेरी रहे

Sunday, December 6, 2009

कबिता

तिम्रो आँखामा

तिम्रो निदमा अई दिउला
सपनि बनेर
प्रतिक्षा गर्दै गर है
तिम्रो दिलमा अैई बसुला
चोखो माया बनेर
यसलाई साँच्ने गर है ।

तिम्रो आखामा सजिदिउला
गाजलु बनेर
यसलै सजाउने गर है
तिम्रो दु:ख मा आसु भै अैईदिउला
सुखमा हाँसो भै
यसलाई संगाल है
कुनै दिन दु:खी ले सहारा माग्छ भने
यसलाई अँगाल है
यसलाई अँगाल है --




K P Adhikari
Gujarat- India

Saturday, December 5, 2009

कबिता


यदि तिमी धोका दिनछौ भने,
माया मलाई नदेउ सानु
यदि तिमी आसू खशाई रुन्छौ भने
सीतल छाया मलाई नदेउ सानु
दिल दियौ सानु तिमीले हिर्दयाको
ढोका खोलेर
बाचा गरौ सानु तिमीले
देउरालिको बर पीपल लाई साची
राखेर
गयौ सानु तिमी एकलै पारेर मलाई
फर्किनौ तिमी किन सानु ,
यो हाम्रो जिबनको अंतिम
समाप्ति हो भनेर किन ? सानु
- योगेन्द्र ,संघस,
धुपू-१ लेब्रंग
पागल बस्ती
संखुवासभा - नेपाल