Sunday, November 29, 2009

कबिता

म तिम्रो लागि खुसी खोज्न जाँदैछु


म तिम्रो लागि खुसी खोज्न जाँदैछु
भीर, पाखाका सिस्नु र काँडासँग
पौठेजोरी खेल्दै
तिम्रोलागि खुसी टिप्न जाँदैछु
म तिम्रोलागि मोती खोज्न जाँदैछु
नुनिलो विषालु पानी र गहिराइमा
संघर्ष गर्दै
तिम्रोलागि हाँसो खोज्न जाँदैछु
म तिम्रोलागि तराजु खोज्न जाँदैछु
घुम्ती, मोड र काँडेतारहरू
नाघ्दै र छिचोल्दै
तिम्रोलागि न्याय खोज्न जाँदैछु
म तिम्रोलागि क्षितिज भेट्न जाँदैछु
बादल, वर्षा, चट्याङ्सँगै
भिड्दै भिड्दै
तिम्रोलागि सपना खोज्न जाँदैछु ।

Khim Prasad Adhikari
Muchchok-5 Gorkha

No comments:

Post a Comment