Wednesday, November 25, 2009

गीति कविता


गन्तव्यबिहिन जीवनको यात्रा

कोर्दा कोर्दै सकिने भयो जिन्दगीका पानाहरू
हेर्दा हेर्दै सकिने भयो मनका सबै चाहनाहरू

मुना-मदनकै कथा भयो मिलनका सारा पर्खाइहरू
तडपिरहयो मन बल्झिरयो बिछोडका कथाहरू

कुर्दा कुर्दै सकिने भयो परिश्रमका मीठा पलहरू
प्रचण्ड गर्मीको उराठ लाग्दो मरुभूमिमा जिउदै

घायल जिन्दगीको अमिट यात्राहरूअझै
अघि अघि बढदै छ गन्तव्यबिहिन
जीवनका यी मेरा पाइलाहरू

No comments:

Post a Comment