Saturday, April 3, 2010

कविता


प्रकृतिले दिएको सुन्दर फूल हो जिन्दगी


प्रकृतिले दिएको सुन्दर फूल हो जिन्दगी

कोपिलामै झर्न नपरोस्।

मन्द रुपमा बास्ना छर्दै जोबन फकृयोस्,

फकृयको जोबन सधै अनमोल बनोस्।

कसैका लागि पनि यो सुन्दर फूलरुपी जीवन,

गन्हाउने झार जस्तो बन्न नपरोस् ।

गुलाब जस्तो सर्बप्रिय बन्न म सकु,

प्रेम र मधुर सम्बन्धको सन्देश बोकेको।

न आइदियोस् मेरो जीवनमा त्यस्तो दिन,

कुकर्मले मेरो सिर कसैको आगाडि झुकेको।

फूल्छ,फकृन्छ र झर्छ यो सुन्दर फूलरुपी जीबन,

तर,नझर्दै म कसैको काम आउन सकु।

यही इच्छा मनमा राखी देशकै नाम म जपु,

देशको बिकास गर्नमा केहि योगदान म थपु।

कमल कार्की - बुटवल (मुर्गिया) (दोहा,कतार)

kamalkarki22@yahoo.com

No comments:

Post a Comment