Thursday, April 8, 2010

नयाँ सालको शुभकामना

जताततै छायोरे बसन्तको हरियाली
आउनु नेपाली माझ बाँड़दै खुसियाली
देउ हे पशुपतिनाथ शान्ति सबैको मनमा
हत्या हिम्सा रोकी आऊ नयाँ साल तिमि नेपाली माझमा
बन्द हडतालले बन्दैन देशमा बिकाश
खोजेर आऊ नयाँ साल तिमि यसको बैकल्पिक निकाश
मायाँ ममता ,स्नेह अनि भाइचारा बड़दै जानु नेपाली मनमा
सुख शान्ति छाई रहोस नेपाली जनमा
सगरमाथा हिमाल जस्तै स्वच्छ पबित्र रहोस सबैको भावना
यहीं छ मेरो नयाँ सालको हार्दिक मंगलमय शुभकामना
अम्बिका लिम्बु ''आशिष ''
हाँगुम-१ सिरान टोल पाँचथर
E-mail lovlyaashish@yahoo.com

No comments:

Post a Comment