Monday, April 12, 2010

शुभकामना नयाँ बर्षको


शुभकामना छ नयाँ बर्षको सम्पुर्ण नेपालीहरुमा,
सु-स्वास्थ्य,दिर्घायु अनि उत्तरोत्तर प्रगतिको कामना।
बिगत बर्ष जस्तो बिते नि यो बर्ष सुखद रहोस्,
सुख-दुख पर्याबाची भएनी सुखको सँधै जित होस।
हत्या,हिंसा,आतंक आदि सँधैका लागे भागीजाओस्,
देशमा केहि गर्नेहरु सधै ढुक्कसँग कर्म गर्न पाओस्।
सिमा झगडा समाप्त भैइ नेपाल कै पक्षमा जित होस्,
नेपालीहरु जिउन सकुँन स्वतन्त्र जिबन निसंकोच।
हिमाल,पहाड,तराईको सर्बपक्षिय समान बिकाश होस्,
नेपालीहरुमा देश बनाउँन थपियोस नयाँ जागर जोश्।
यो बर्षदेखि नेताहरुको घैटोमा बिकाशको घाम लागोस्,
नेताहरुको सुतेको दिमाख यो बर्ष सुध्रेर जागोस्।
दलहरुको इमान्दारीतामा जटिल राजनितिले अलबिदा भनोस्
जनताहरुको सकृयतामा सबैको हितमा संबिधान बनोस्।
आशा गरौ नयाँ बर्षले पक्कै नयाँ आयाम गर्नेछ ,
देशको भाडभैलो समाप्त गरि शान्तिको ज्वति छर्नेछ।
सफलता नै सफलता मिलोस् यहिँ नै हाम्रो चाहना,
यहि नै छ सबैलाई नयाँ बर्ष २०६७ सालको सुभकामना!!!


--------------------------------------------------------------------------------

कमल कार्की - बुटवल,मुर्गिया
हाल:-दोहा,कतार
kamalkarki22@yahoo.com

No comments:

Post a Comment