लेख भयो
उसको लागि मन बहलाउने लेख भयो गजल
मेरो लागि जिउ ज्यान गल्ने दोख भयो गजल
खुशी मिल्यो होला शायद मनको पिडा पोखे भन्दै
दोबाटोमै छुट्याउने अधुरो प्रित भयो गजल
सम्झु भने खै कहाँ भित्र-भित्रै दुख्छ किन
ऐना सरी सपना तोड्ने रित भयो गजल
आफ्नो भन्नु केही छैन रैछ सबै पराइकै
मैले हार्दा खुशी उसलाई जित भयो गजल
गोविन्द अधिकारी "भाबुक"
डराउने पोखरी,9, दाप्चा काभ्रे
हाल; कतार
No comments:
Post a Comment