Friday, December 18, 2009

"रुदै छौ कि"

धनै ठुलो रैछ भनी पस्यौ मुग्लान रहर बोकी
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।

सुन्ने गर्छु बिदेश मा चेलीहरु लुटिन्छन् रे
आफ्नै बुद्धी भ्रस्ट भइ पैसामा नि भुटिन्छन रे
कतै तिमी बिदेशी को फन्दामा पोपर्ने होकी
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
पैसा ठुलो हैन सानु इज्ज्त कोनि ख्याल गरे
धोत्रो शरीर,पिडा लुकाइ नफर्केनि हुन्छ भरे
लोभै-लोभ मा पर्दा कतै आफ्नैरुप बेच्ने हो कि
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
सपना धेरै नसजाउनु लालच धेरैगर्छौ अरे
छुट्टीको दिन कुन्नी कता पार्टटाईम गर्न जान्छौ अरे
सम्झनु नि त्यो छोरा को तोते बोली एक्लै भोकी
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।

चहिन्न भो बिदेशी धन पुग्छ एतै दु:ख गरे
फर्की आउ सानु तिमी सुन्छु धेरै दु:ख छ रे
अरु जस्तै तिम्ले पनि आफ्नै धड्कन् छोड्ने हो कि
बिबस्ता ले रुदै छौ कि कतै तिमी आँखा छोपी।
गोविन्द अधिकारी
हाल;दोहा कतार
ईमेल-dukhi_gk@yahoo.com

No comments:

Post a Comment